IME Life New

निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो।

संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवाई रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने बताए।

Esewa
Crest

यसैगरी पुँजीबजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने पनि मन्त्री पुनले बताए। ‘नेपाल स्टक एक्सचेन्‍ज र सीडीएस एन्ड क्लियरिङको संरचनागत सुधार गरिनेछ’, उनले भने।

अर्थमन्त्री पुनले वस्तु विनिमय बजारको सञ्‍चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS