IME Life New

मोटिभेशनल स्पिकर सोनु शर्माको प्रस्तुती जेठ १८ गते प्रज्ञा प्रतिष्ठानमा हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय प्रशिक्षक सोनु शर्माले यही जेठ १८ गते प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रशिक्षण दिने भएका छन् । कार्यक्रममा विशेष गरी अहिलेको मन्दीको समयमा कसरी व्यवसायलाइ निरन्तरता दिने भन्ने रणनीतिका विषयमा उनको प्रवचन केन्द्रित हुनेछ ।

कार्यक्रम आयोजक सिफ्ट पिक्जेल ग्लोबल प्रालिका अनुसार बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछन् । बिहान ११ बजेर १० मिनेटसम्म उद्घाटन शत्र हुनेछ । सोनु शर्माको प्रस्तुती ११ बजेर ३० मिनेट देखि शुरू हुनेछ । पहिलो शत्र १ बजेसम्म चल्नेछ र १ बजेदेखि साढे २ बजेसम्म खानाका लागि विश्रामको समय हुनेछ । त्यसपछि २ बजेर ३० मिनेट देखि दोश्रो शत्रमा पुनः सोनु शर्माको प्रस्तुती रहनेछ।

Esewa
Crest

कार्यक्रममा जीवन, निर्जीवन र लघु जीवन र निर्जीवन बीमा कम्पनीबाट अभिकर्ताहरू सहभागी हुँदैछन् । शर्माको प्रवचन कार्यक्रममा संस्थागतरूपमा सहभागिताको छनौटका लागि बीमा कम्पनीहरूले यसअघि नै अभिकर्ता मासिक प्रोत्साहन योजनामा शर्त तोकेर सहभागिताको मापदण्ड निर्धारण गरेका थिए । व्यक्तिगतरूपमा सहभागी हुन चाहने अभिकर्ताले डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती वालेट एप्समार्फत् पनि टिकट खरिद गर्न सक्ने सुविधा उपलब्ध रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS