IME Life New

नेपाल ट्रस्टको करिब १७३ रोपनी जग्गा व्यक्तिको नाममा, ४०४ रोपनीमा मोहीको भोगचलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ट्रस्टको करिब १७३ रोपनी जग्गा व्यक्तिको नाममा रहेको पाइएको छ। काठमाडौंको विभिन्न स्थानमा रहेको १७२ रोपनी १५ आना जग्गा व्यक्तिको नाममा रहेको पाइएको हो।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल तथा इचङ्गुमा रहेको १७२ रोपानी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको उल्लेख छ। ऐनको व्यवस्थाविपरीत ट्रस्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त जग्गा छानबिन गरी ट्रस्टको नाममा स्वामित्व हस्तान्तरण गरेको नपाइएको प्रतिवेदनमा जनाइएको छ।

Esewa
Crest

यसैगरी बालाजु, स्वयम्भु, शेषनारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गामा हालसम्म पनि मोहीहरुले खेती गरिरहेको तथा एक निजी विद्यालय सञ्चालनमा रहेको देखिएकोले नेपाल ट्रस्टले प्रयोग गर्न नसकेको कार्यालयले जनाएको छ।

नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ११ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ट्रस्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता हुन नसक्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS