IME Life New

चार एयरलाइन्सले तिरेनन् रु. २५.६५ करोड हवाई सेवा कर, लाग्ने शुल्क र ब्याजसहित असुली गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार एयरलाइन्स कम्पनीले अझै २५ करोड ६५ लाख रुपैयाँ बढी हवाई सेवा कर नतिरेको सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालय सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार चार एयरलाइन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० मा विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ हवाई सेवा कर नतिरेको उल्लेख छ। उक्त हवाई सेवा करबापतको रकम र त्यसमा लाग्ने शुल्क तथा ब्याज असुली गर्न छानबिन गर्नुपर्ने कार्यालयले निर्देशन दिएको छ।

Esewa
Crest

आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विवरणअनुसार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ४ वटा एयरलाइन्स कम्पनीले विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा उक्त रकमबराबरको हवाई सेवा कर तिर्न बाँकी देखिएको कार्यालयले जनाएको छ।

माथि उल्लेखित तिर्नुपर्ने कर पहिलो गन्तव्यसम्मको मात्र गणना गरिएकोले थप छानबिन गरी कर निर्धारण गर्न कार्यालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS