IME Life New

‘चार ह’ हलो, हाइड्रो, होटल र हवाईमा लगानी गरेका बीमकलाई पाँच वर्षसम्म हाइसञ्चो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले चार ह अर्थात् हलो(कृषी), होटल(पर्यटन), हवाई, हाइड्रो(जलविद्युत) कम्पनीमा शेयर लगानी गरेका बीमा कम्पनीका लागि खुकुलो प्रावधान लागू गरेको छ । बीमा कम्पनीले लगानी गरेका यी क्षेत्रका पब्लिक कम्पनीले पाँच वर्षसम्म सर्वसाधारणमा शेयर जारी नगरे पनि नोक्सानी जोखिमवापत व्यवस्था गर्नु नपर्ने भएको हो ।

बीमा कम्पनीले लगानी विविधिकरण अन्तर्गत जलविद्युत, साैर्य उर्जा, पर्यटन र वायू सेवा क्षेत्रमा लगानी गरेको पाँच वर्षसम्म पनि धितोपत्र सूचीकृत नभएको अवस्थामा बीमा कम्पनीले कुनै तनाव हुनेछैन । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन २०८० को पहिलो संशोधन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

Esewa
Crest

निर्देशनको दफा १६ मा संशोधन गर्दै थपिएको उपदफा ३ मा बीमकले शेयर लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले लगानी गरेको मितिले पाँच वर्षसम्म धितोपत्र सम्बन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरण योग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ।

यो प्रावधानसँगै अब पर्यटन (होटल, रिसोर्ट, केबलकार, मनोरञ्जन पार्क, साहसिक खेल पर्यटन लगायत) र हवाई सेवा कम्पनी(जहाज, हेलिकप्टर)मा बीमा कम्पनीले लगानी गरेको कम्पनीले पाँच वर्षसम्म सर्वसाधारणमा शेयर आइपिओ जारी नगरे पनि हुने भएको छ। यसैगरी जलविद्युत अायोजना र साैर्य उर्जा उत्पादक कम्पनीमा लगानी गरेका बीमकको हकमा पनि यही प्रावधान ल्याइएको छ ।

यसैगरी कृषी क्षेत्रमा बीमकले शेयर लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले पाँच वर्षभित्र धितोपत्र बजारमा सूचीकृत नभएको अवस्थामा बीमकले लगानी बराबरको रकम वितरण योग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधान समेत संशोधनमा गरिएको छ । यसबाहेक पाँच करोड वा त्यो भन्दा कम पूँजी लगानी भएको कृषी कम्पनीले तीन वर्षभित्र मुनाफा नकमाएमा लगानी गरेको रकमलाई वितरण योग्य नाफाबाट बीमकले घटाउनुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS