IME Life New

विद्युत् नियमन आयोगको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष सिंहसहित आठजनाको दाबेदारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंहसहित आठजनाले आवेदन दिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि सिंहका अतिरिक्त डा रामप्रसाद धिताल, मोतिबहादुर कुँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।

डा धिताल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)का पूर्वकार्यकारी निर्देशक हुन्। उनी यसअघि आयोगमा ३ वर्ष सदस्यको जिम्मेवारी पूरा गरेर बाहिरिएका थिए। डा अधिकारी पनि एईपीसीका पूर्वकार्यकारी निर्देशक हुन्।

Crest

अध्यक्षका अर्का उम्मेदवार कुँवर नेपाल सरकारका पूर्वसहसचिव हुन् भने थापा सडक विभागका पूर्वमहानिर्देशक हुन्। साउद नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ हुन्।

आयोगको तीनवटा सदस्य पदका लागि जयराज भण्डारीसहित ११ जनाको आवेदन दर्ता भएको छ। मन्त्रालयका अनुसार भण्डारीका अतिरिक्त सदस्य पदमा चूडामणि चापागाई, डा. मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

आयोगको सदस्यमा आवेदनमा अध्यक्षका उम्मेदवार अधिकारी, बस्नेत र साहु पनि छन्। सदस्यमा उम्मेदवारी दिने भण्डारी करिब ३ दशक नेपाल विद्युत् प्राधिकरण अर्थ निर्देशनालयअन्तर्गत रहेर काम गरेका व्यक्ति हुन्। उनले आफ्नो निर्देशक तहको सेवा अवधि बाँकी छँदै राजीनामा दिएर आयोग सदस्यमा आवेदन दिएका छन्। उनी आर्थिक विश्लेषण, वित्तीय सुशासन एवं व्यवस्थापकीय क्षेत्रका विज्ञका रुपमा परिचित छन्।

सदस्यका अर्का उम्मेदवार भट्टराई पनि विद्युत् प्राधिकरणका अवकाशप्राप्त उच्च अधिकारी हुन्। उनले लामो समयसम्म भार प्रेषण केन्द्र (एलडीसी)को प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए। सदस्यका अर्का उम्मेदवार सापकोटा एईपीसीका निर्देशक हुन्। उनले पनि पदबाट राजीनामा दिएर सदस्यमा आवेदन दिएका छन्।

विद्युत नियमन आयोग ऐन, २०७४ अनुसार आयोगको अध्यक्ष पदमा दरखास्त दिन नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा रही काम गरेको वा अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ। साथै त्यस्ता विषयसम्बन्धी क्षेत्रमा कम्तीमा २० वर्ष कार्यानुभव हासिल गरेको हुनुपर्छ।

अध्यक्षका उम्मेदवारले आफूले गर्ने कामहरुका बारेमा रणनीतिक तथा कार्ययोजनासमेत पेस गर्नुपर्छ। यसमा कम्तीमा ५० अंक प्राप्त गर्ने उम्मेदवारले प्रस्तुतीकरण तथा अन्तर्वार्तामा समावेश गरिने प्रावधान रहेको छ।

सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्य हासिल गरी सम्बन्धित विषयगत क्षेत्रमा कम्तीमा १५ वर्ष कार्यानुभव प्राप्त भएको व्यक्तिले आवेदन दिन पाउँछन्।
आयोगको पदाधिकारीहरूको कार्यकाल पाँच वर्षको हुनेछ । आयोगले जलविद्युत सहितको नविकरणीय उर्जा उत्पादन क्षेत्रको नियमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS