IME Life New

सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत गरेको छ।

क्रिकेटर लामिछानले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले भिसा दिन नमानेको जानकारी गराएका हुन्। ‘सन् २०१९ मा जस्तै अमेरिकी दूतावासले यसपालि पनि भिसा दिन मानेन’, उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्।

Esewa
Crest

टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा हुँदैछ। सोही विश्वकपमा खेल्न लामिछानेले अमेरिका जान भिसा आवेदन दिएका थिए। तर, अमेरिकी दूतावासले आफूलाई भिसा आवेदन अस्वीकृत गरेको लामिछानेले जनाएका छन्।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ पाएपछि नेपाल क्रिकेट संघले लामिछानेलाई नेपाली टिममा समावेश गरेको थियो । योसँगै लामिछानेले अमेरिका जाने प्रक्रियाअन्तर्गत भिसा आवेदन दिएका थिए।

नेपाली क्रिकेट टोलीका अन्य खेलाडी भने अमेरिका पुगिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%
happy

खुसी

44%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS