काठमाडौं । शेयर बजार बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा ८१ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ कम्पनीको शेयरभाउ घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५१२ कित्ता शेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेरुडे मिर्मिरे लघुवित्तः २४ करोड ४२ लाख रुपैयाँ
- पोखरा फाइनान्सः २१ करोड १२ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १७ करोड ५३ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः १७ करोड ५३ लाख रुपैयाँ
- नबिल बैंकः १५ करोड ५० लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः १२ करोड ७३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ११ करोड १८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ९ करोड ६८ लाख रुपैयाँ
- स्ट्यान्डर्ड चार्टर्ड बैंकः ८ करोड २८ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ८ करोड १९ लाख रुपैयाँ