Connect IPS
IME Life

काठमाडाैंको पेट्रोल पम्पमा बालेनको नजर, पहिचानका लागि पहेंलो रंगरोगन र सुविधाका लागि सफा शाैचालय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तपाईंले यदि काठमाडौं शहरभित्रको हिंडडुल गर्दा वा घुमघाम गर्दा सडक छेउका पेट्रोल पम्पहरू पहेंलो रङ्गमा रंगिएको कतिको ख्याल गर्नु भएको छरु महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान संकेत दिनका लागि पहेंलो रङ्गाएको हो ।

महानगरले चालक र सर्वसाधारणको सुविधाका लागि सबै पेट्रोल पम्पका शौचालयहरू नियमित सरसफाई गर्न र निःशुल्क सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार प्रत्येक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नी नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा संकेत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ।

Prabhu
Crest

मेयर बालेन्द्र शाहले उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, पेट्रोल पम्पसँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि हामी प्रतिबद्ध रहेको बताएका छन् । उनले यसका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था रहेको बताए । तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा  महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पको पहिचान पहेँलो रङ्ग सङ्केतमा दिइएको छ । पेट्रोल पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएका छन् । यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ ।

यसैगरी भाडाका सवारी साधनका चालक तथा सहचालकले आफू खुसी रूपमा नोजल समाएर इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको महानगरले दाबी गरेको छ ।
महानगरका अनुसार काठमाडौँ जिल्लामा रहेका १२३ वटा पेट्रोल पम्पमध्ये महानगरभित्र बागमती पेट्रोलियम डिलर्स एशोसिएशनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्प सञ्चालनमा छन् । महानगरभित्रका सबै पेट्रोल पम्पका कम्तीमा २ देखि ६ वटा सम्म शौचालय सर्वसाधारणको लागि निःशुल्क रूपमा खुल्ला गर्न लगाइएको महानगरले दाबी गरेको छ । पम्प खुलेको समयमा शौचालय बन्द रहेको पाइएमा महानगरको निःशुल्क हटलाइन नम्बर ११८० मा कल गरेर गुनासो टिपाउन समेत महानगरले अनुरोध गरेको छ ।
सुरक्षा सतर्कताका लागि तालिमः
अत्यधिक प्रज्वलनशिल पद्धार्थको भण्डार र बिक्री हुने पेट्रोल पम्पमा आगलागीको उच्च जोखिम हुने भएकाले पम्पका कर्मचारीलाई सुरक्षा सतर्कता र अग्नी नियन्त्रण सम्बन्धी प्रशिक्षण दिने काम समेत शुरू गरेको छ । पहिलो चरणमा महानगरपालिका विपद् व्यवस्थापन विभाग र नगर प्रहरी बलको नेतृत्वमा नेपाली सेनाका भद्रकाली र सितापाईलामा रहेको पेट्रोल पम्पमा कार्यरत ३० जना सेनालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। इन्धन भर्ने काममा खटिने नोजल ब्वायको पहिचानका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोशाक उपलब्ध गराउने तयारी गरिएको महानगरले जानकारी दिएको छ ।
पम्प सञ्चालनको आधारभूत मापदण्डः

‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ९प्रथम संशोधनसहित०’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्ट अप लेवलबाट १।२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०।९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

0%

दु :खी

18%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS