IME Life New

नेपाल रिको सीईओका उम्मेदवारहरुको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय भएको छ।

सीईओ छनौट तथा सिफारिस समितिका अनुसार सीईओका लागि सर्टलिस्टमा परेका ५ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि जेठ ११ गतेको मिति तय गरिएको छ। यसका लागि बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः३० बजेसम्मको समय निर्धारण गरिएको छ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता काठमाडौंको थापाथलीस्थित नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा हुनेछ।

Esewa
Crest

समितिले उम्मेदवारहरुलाई आफूले पेस गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथमा लिई आउन पनि आग्रह गरेको छ। उम्मेदवारले दरखास्त फाराम साथ पेस गरेको व्यावासयिक कार्ययोजना नै प्रस्तुतीकरण गर्नुपर्ने समितिले स्पष्ट पारेको छ।

समितिको गत फागुन ७ गते प्रकाशित गरेको सूचनाबामोजिम सीईओका लागि दरखस्ता दिएकामध्ये सर्टलिस्टमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो। सर्टलिस्टमा दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा छन्।

भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्। श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक छन्। भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS