IME Life New

दाबीवापतको सबै रकम अब सिधै बीमितको बैंक खातामा, नगद र चेकमार्फतको भुक्तानी बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूले बीमा दाबीवापतको सबै रकम अब अनिवार्यरूपमा भुक्तानी पाउने व्यक्तिको बैंक खातामै जम्मा गर्नुपर्ने भएको छ। यसअघि पचास हजार रूपैयाँभन्दा माथिको रकम मात्र बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान रहेकोमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१ जारी गर्दै नेपाल बीमा प्राधिकरणले सबै भुक्तानी सिधै बैंक खातामार्फत् नै गर्न निर्देशन जारी गरेको हो ।

निर्देशनको दफा २२ उपदफा ३ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्यरूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था उल्लेख छ । यसअघि २०७५ सालमा जारी निर्देशनको दफा १८  उपदफा ३ मा  बीमकले २०७५ साल चैत्र मसान्तसम्ममा बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा पचास हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खाता मार्फत भुक्तानी गर्नुपर्ने भन्ने व्यवस्था रहेको थियो । साबिकको प्रावधानले पचास हजार रूपैयाँसम्मको दाबी भुक्तानी चेकमार्फत् गर्ने छुट रहेकोमा नयाँ व्यवस्थाले जतिसुकै रकम पनि बैंक खातामार्फत् नै भुक्तानी गर्नुपर्ने अनिवार्य भएको छ।

Esewa
Crest

यसैगरी नयाँ निर्देशनमा परिपालना र कार्यान्वयन अधिकृत नियुक्तिको प्रावधान समेत समेटिएको छ। यसबाहेक बीमकले वार्षिकरूपमा आफ्नो कारोबारको जोखिम मूल्यांकन प्रतिवेदन र परिपालना प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान समावेश गरिएको छ। ।

बीमकले आफ्ना बीमितको सम्बन्धमा निरन्तर अनुगमन गर्ने व्यवस्था समेत मिलाउनुपर्ने भएको छ। यसका लागि प्रस्ताव फारममा रहेको आम्दानीको श्रोतको विवरण,  शेषपछि ईच्छाएको व्यक्ति परिवर्तन गरेको अवस्था, बीमालेखको पुनर्जागरण सम्बन्धमा पेश भएका कागजात र बीमालेख समर्पण तथा ऋण भुक्तानी सम्बन्धी विवरणलाइ आधार बनाएर निरन्तर अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसबाहेक बीमकले विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचानलाइ अध्यावधिक समेत गर्नुपर्ने भएको छ । बीमकले निर्देशन जारी भएपछि पहिलो पटकको लागि विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पत्ती अध्यावधिक गर्ने कार्य सम्वत् २०८१ साल अषाढ मसान्तसम्म गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS