IME Life New

शेयर बजारमा हरियाली, जीवन बीमा र निर्जीवन बीमा सूचकमा सर्वाधिक वृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक आज ४५.६९ अंकले बढेर २०६४.४५ को विन्दुमा बन्द भएको छ। आज नेप्से २.२६ प्रतिशतले बढेको छ।

आज नेप्सेमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी ४.३८ प्रतिशतले बढेको छ भने दोस्रो धेरै निर्जीवन बीमा कम्पनी ३.८१ प्रतिशतले बढेको छ।

Crest

यो दिन ४ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। सबैको लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयरभाउ १० प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयरभाउ ९.९९ प्रतिशतले बढेको छ।

बजार बढ्दा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक शेयर कारोबार सीईडीबी हाइड्रोपावरको कारोबार भएको छ। यो कम्पनीको मात्रै १४ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यसैगरी फर्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख रुपैयाँ, हिमालयन लाइफको ११ करोड २३ लाख रुपैयाँ, पोखरा फाइनान्सको १० करोड ७१ लाख रुपैयाँ, सिटिजन लाइफको ९ करोड ६६ लाख रुपैयाँ, हिमालयन रिको ९ करोड ५६ लाख रुपैयाँ, सोनापुर मिनरल्सको ९ करोड ३१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड १८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ८ करोड १७ लाख रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS