IME Life New

सदनमा मन्त्री रवि लामिछानेलाई बोल्न दिने प्रतिपक्षी दलहरुको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपक्षी दलहरुले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने भएका छन्।

काठमाडौंको नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरुको बैठकले मन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो। लामिछानेले बोलिसकेपछि संसदीय छानबिन समिति गठन गर्न माग गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन्।

Esewa
Crest

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै मन्त्री लामिछानेलाई रोस्टम प्रयोग गर्नबाट रोक्दै आएको थियो। सत्तापक्ष संसदीय छानबिन समिति गठनमा सहमत भएपछि कांग्रेससहित विपक्षी दलले गृहमन्त्रीलाई सदनमा बोल्न दिने भएका हुन्।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, बैठक सुरु भएको छैन। राष्ट्रियसभा बैठक भने दिउँसो १ बजे डाकिएको छ।

नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको शुक्रबारको बैठक स्थगित भएको थियो भने सहमति खोज्ने भन्दै प्रतिनिधिसभाको शुक्रबारको बैठक बस्दै नबसी स्थगित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS