IME Life New

पाँचथर पावरको वार्षिक साधारणसभा आह्वान, दुई कम्पनी प्राप्ति गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा जेठ २७ गते काठमाडौंको बत्तिसपुतलीस्थित होटेल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले एक्सेस इन्भेस्टमेन्ट प्रालि र मेगा भेन्चर प्रालिलाई प्राप्त तथा गाभ्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय, विज्ञहरुको नियुक्ति गर्ने र नियमनकारी निकायहरु वा अन्य कार्यालयबाट कुनै पनि किसिमको फेरबदल गर्न, संशोधन गर्न, थपघट गर्नलगायत कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम कार्यहरु गर्न कम्पनीको सञ्चाल समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Esewa
Crest

सभाले आयोजना पुननिर्माणका लागि कर्जा थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०७९।८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ।

सभा प्रयोजनाका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब जेठ १७ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS