IME Life New

यी १० कम्पनीले लगानीकर्तालाई बनाए मालामाल, एकै सातामा ४०%सम्म रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता उकालो लागेको छ। नेप्से परिसूचक यो साता २.६७ प्रतिशतले बढेको हो। गत साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको बजार यो साता २०१८.७६ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजार ५२.५३ अंकले बढेको छ।

बजार बढ्दा यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ थियो।

Esewa
Crest

यो साता शेयर बजारमा लगानीकर्ताले श्रृजनशील लघुवित्तबाट धेरै कमाएका छन्। यो लघुवित्तको शेयर एकै सातामा ३९.८८ प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता १२४८ रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बिहीबार प्रतिकित्ता १७४५.७० रुपैयाँ अन्तिम कारोबार भएको छ।

यसैगरी यो साता दोस्रो धेरै रिटर्न दिने कम्पनीमा उपकार लघुवित्त रहेको छ। अघिल्लो साता १४७९ रुपैयाँमा कारोबार भएको यो लघुवित्तको शेयर यो साता १९८९.८० रुपैयाँ अन्तिम कारोबार भएको छ। यस हिसाबले लगानीकर्ताले यो साता उपकार लघुवित्तबाट ३४.५४ प्रतिशत रिटर्न पाएका छन्।

हिमालयन लघुवित्त तेस्रो सर्वाधिक रिटर्न दिने कम्पनी बनेको छ। यो लघुवित्तले शेयरधनीहरुलाई एकै साता २५.४९ प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता ८४५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता १०६०.४० मा अन्तिम कारोबार भएको छ।

यस्ता उच्च रिटर्न दिने अन्य ७ कम्पनी (रिटर्न प्रतिशतमा)

  • युनिक नेपाल लघुवित्तः २१०८ रुपैयाँ (२५.१८ प्रतिशत)
  • हिमालयन बैंकको संस्थापक शेयरः १५० रुपैयाँ (२१.७५ प्रतिशत)
  • सीईडीबी हाइड्रोपावरः ८१० रुपैयाँ (२०.३४ प्रतिशत)
  • समाज लघुवित्तः २३५२ रुपैयाँ (२०.१२ प्रतिशत)
  • जनउत्थान सामुदायिक लघुवित्तः १४६० रुपैयाँ (१९.३७ प्रतिशत)
  • जाल्पा सामुदायिक लघुवित्तः १५८७.३० रुपैयाँ (१९.३५ प्रतिशत)
  • माण्डु हाइड्रोपावरः ९६६ रुपैयाँ (१९.२६ रुपैयाँ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS