काठमाडौं । हिजो बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २,०१७ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ । आज शेयर बजार घट्दा पनि २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोका लगानीकर्ताले ५ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।