Connect IPS
IME Life

नेप्से परिसूचक २८ अंकले बृद्धि हुँदा २१९ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २८ दशलमव ६२ अंकले बढेर २,०२७ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी ३ लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जनउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS