Connect IPS
IME Life

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।

नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताए । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताए । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उनले भने ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले नर्सिङ सेवालाई मर्यादित, सम्मानीत बनाउँदै लैजानु पर्ने औंल्याउनु भयो । कलेज प्रशासन नर्सिङ सेवालाई प्रभावकारी बनाउन र नर्सिङ क्षेत्रका जनशक्तिहरुको व्यवस्थापनमा सदैव सकारात्मक रहेको बताए । मुलुकमा दिनप्रतिदिन दक्ष स्वास्थ्यकर्मी सँगै नर्सहरुको खाँचो बढ्दै गइरहेको भन्दै उहाँले कलेज दक्ष जनशक्ति उत्पादनमा सक्रिय रहेको जिकीर गरे ।

कार्यक्रममा भाइस–प्रिन्सिपल डा। सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा। राजेशकिशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा। मोदनाथ मरहट्ठा, डाइरेक्टर डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, नर्सिङ स्टाफ लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा कलेजले १० वर्षदेखि नर्सिङ पेशामा सक्रिय स्टाफ नर्सहरुलाई सम्मान गरेको छ । कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो ।

कार्यक्रममा कलेजका नर्सहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । साथै, नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचाररत करिब १३० जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

हरेक वर्ष मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिन्छ । इन्टरनेशनल काउन्सिल अफ नर्सेसले सन् १९६५ देखि नर्सिङ पेशामा समर्पित नर्सहरुको सम्मानमा नर्सिङ दिवस मनाउन थालेको हो । फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा हरेक वर्ष उनको जन्मदिनको अवसरमा नर्सिङ डे मनाइन थालिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS