काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उकालो लागेको छ। नेप्से परिसूचक ८.२६ अंकले घटेर १९७४.५० को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा १२७ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १११ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजार बढ्दा कारोबार ३ अर्ब १५ करोड रुपैयाँ माथिको भएको छ। यो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सांग्रिला डेभलपमेन्ट बैंकः १० करोड ५० लाख रुपैयाँ
- पोखरा फाइनान्सः ८ करोड ६ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ८ करोड ५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड ७१ लाख रुपैयाँ
- नेपाल इन्स्योरेन्सः ६ करोड ९५ लाख रुपैयाँ
- सोल्टी होटेलः ६ करोड ६३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ५ करोड ७२ लाख रुपैयाँ
- मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५३ लाख रुपैयाँ
- उन्नति सहकार्य लघुवित्तः ५ करोड ४८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ४८ लाख रुपैयाँ