Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनी नाफामा, ११०%ले बढ्यो आम्दानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Prabhu
Crest

समीक्षा अवधिसम्म ३७ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी १७ करोड ८५ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी ११०.६३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको अन्य इक्विटी ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ९३.७५ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS