IME Life New

यसकारण शिवम सिमेन्ट्सको नाफामा ६१.९४%को संकुचन, आम्दानी भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको नाफामा भारी संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५३ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यो हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ६१.९४ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

आर्थिक मन्दी, विश्व बजारमा कोइला, डिजेललगायतका सामानको अत्याधिक मूल्य वृद्धि र तेस्रो त्रैमासमा विद्युत प्राधिकरणबाट दैनिक १२ घन्टासम्मको लोडसेडिङका कारण उत्पादनको लागत बढेको कम्पनीले जनाएको छ। त्यस्तै विकास निर्माणमा सुस्तता र मागको तुलनामा उत्पादन बढी हुँदा नाफा प्रभावित भएको कम्पनीले स्पष्ट पारेको छ।

समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट ५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.८९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीको जगेडामा ९५ करोड ६२ लाख रुपैयाँ नै रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १४ करोड ९० लाख रुपैयाँ, बिक्री तथा वितरण खर्च ५१ करोड ६२ लाख रुपैयाँ र वित्तीय लागत ४ करोड ४९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ५.४२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८८.१९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS