IME Life New

लगानीकर्तालाई मालामाल बनाउने शीर्ष १० कम्पनीमा ८ लघुवित्त, कसले कति दिए रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता ओरालो लागेको छ। गत साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको बजार यो साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको छ। यो हिसाबले शेयर बजारले यो साता ३२.७३ अंक गुमाएको छ।

शेयर बजार घट्दा यो साता लगानीकर्ताको सम्पत्ति ५१ अर्ब ९० लाख रुपैयाँले घटेको छ। यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ थियो।

Esewa
Crest

यो साता नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा उकालो लागेको छ भने बाँकी ११ वटा ओरालो लागेको छ। यो साता होटेल तथा पर्यटन समूह र लघुवित्त समूह उकालो लागेका हुन्।

बजार घटे पनि केही कम्पनीहरुले लगानीकर्तालाई मालामाल बनाएका छन्। तिनैमध्ये लगानीकर्तालाई सर्वाधिक रिटर्न दिने शीर्ष १० कम्पनीमा ८ वटा लघुवित्त संस्था रहेका छन्।

यो साता लगानीकर्ता सर्वाधिक रिटर्न दिनेमा समता घरेलु लघुवित्त रहेको छ। यो लघुवित्तले शेयरधनीहरुलाई एक सातामै १५.८२ प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता ८०३ रुपैयाँमा अन्तिम कारोबार भएको यो लघुवित्त शेयरभाउमा यो साता बिहीबार बढेर ९३० रुपैयाँ अन्तिम कारोबार भएको छ।

यसैगरी यो साता दोस्रो सर्वाधिक रिटर्न दिनेमा इन्फिनिटी लघुवित्त रहेको छ। यो लघुवित्तले शेयरधनीहरुलाई १५.६० प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता प्रतिकित्ता ११८६.९० रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बढेर १३७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

तेस्रोमा लक्ष्मी लघुवित्त रहेको छ। यो साता लक्ष्मी लघुवित्तको शेयरभाउ १४.३२ प्रतिशतले बढेर १०८० रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता ९४४.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यस्ता छन् उच्च रिटर्न अन्य ७ कम्पनी

  • ग्रामीण विकास लघुवित्तः ७६३ रुपैयाँ (१३.८६ प्रतिशत रिटर्न)
  • साधना लघुवित्तः ९१० रुपैयाँ (१३.३३ प्रतिशत रिटर्न)
  • कालिका लघुवित्तः ९२१ रुपैयाँ (१२.३२ प्रतिशत रिटर्न)
  • अभियान लघुवित्तः ८३४ रुपैयाँ (१०.५० प्रतिशत रिटर्न)
  • सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ः ८.९० रुपैयाँ (१०.१५ प्रतिशत रिटर्न)
  • माथिल्लो मैलुङ खोलाः ४५६.९० रुपैयाँ (९.५७ प्रतिशत रिटर्न)
  • आरम्भ चौतारी लघुवित्तः ९१६ रुपैयाँ (९.५१ प्रतिशत रिटर्न)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS