Connect IPS
IME Life

एयरमार्क प्रणालीः बीमकलाई युजरनेम र पासवर्ड अनिवार्य, अन्य के-के छन् व्यवस्था ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अबदेखि बीमकले एयरमार्क प्रणालीको प्रयोग गर्नका लागि नेपाल बीमा प्राधिकरणबाट सम्बन्धित अधिकारीलाई प्रदान गरिएको आधिकारिक युजरनेम तथा पासवर्डको प्रयोग गर्नुपर्ने भएको छ।

बीमा प्राधिकरणले लागू गरेको ‘बीमकको मुद्दति निक्षेपमा लगानीको एयरमार्कसम्बन्धी मार्गदर्शन, २०८१ मा यस्तो व्यवस्था गरिएको हो। प्राधिकरणद्वारा उपलब्ध गराइएको युजरनेम तथा पासवर्डको सुरक्षाको जिम्मेवारी प्रयोगकर्ता स्वयंको हुने र उक्त युजरनेम तथा पासवर्ड अन्य व्यक्तिलाई शेअर गर्न नपाइने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ।
यसैगरी बीमकले प्राधिकरणमा पठाएको एयरमार्कसम्बन्धी विवरणको प्रतिलिपि सुरक्षित रुपमा अभिलेख राख्नुपर्ने र बीमकले अभिलेख राखेको प्रतिलिपि प्राधिकरणले माग गरेको समयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

Prabhu
Crest

एयरमार्क प्रणालीको प्रक्रियागत प्रवाहसम्बन्धी व्यवस्था

बीमकका लागि एयरमार्कसम्बन्धी प्रक्रिया

(१) ब्लक रिक्वेस्ट गर्दा बीमकले सम्बन्धित मुद्दति निक्षेपको नम्बर, मुद्दति निक्षेप सुरु मिति र मुद्दति निक्षेपको परिपक्वता मितिको प्रमाणीकरणका लागि देहाय बमोजिमको कागजात संलग्न गर्नुपर्नेछ।

क. निवेदन

ख. मुद्दति निक्षेप रसिद

ग. प्रस्तावित मुद्दति निक्षेपमा गरिएको लगानी प्राधिकरणबाट जारी लगानी निर्देशनमा तोकिएको सीमा भित्र रहेको भनी बीमकको वित्त प्रमुखद्वारा प्रमाणित स्वघोषणा पत्र।

(२) एकै मितिमा सुरु हुने मुद्दति निक्षेप खाताहरुका लागि एकल स्वघोषणापत्र जारी गर्न सकिनेछ।

(३) मुद्दति निक्षेप खाता खोलिएको ७ कार्यदिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेस गर्नुपर्नेछ र उक्त अवधिपश्चात पेस गरिएको कुनै पनि ब्लक रिक्वेस्ट उपर कारबाही अगाडि बढाइने छैन।

(४) बीमकबाट ब्लक रिक्वेस्ट प्राप्त भएपश्चात प्राधिकरणले संलग्न कागजातहरुसँग मुद्दति निक्षेप खाताको विवरण प्रमाणीकरण गरेपछि एयरमार्क प्रणालीमा उक्त रिक्वेस्ट स्वीकृत गर्नेछ।

(५) ब्लक रिक्वेस्टमा पेस गरिएका विवरणहरुमा भिन्नता भएमा उक्त रिक्वेस्टलाई कारण उल्लेख गरी अस्वीकार गरिनेछ। यसरी अस्वीकृत रिक्वेस्टमा बीमकले आवश्यक सुधार गरी वा आवश्यक विवरणहरु संलग्न गरी पुनः पेस गर्नुपर्नेछ।

(६) प्राधिकरणद्वारा ब्लक रिक्वेस्ट प्रमाणीकरण भएपश्चात उक्त रिक्वेस्टलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा कार्यान्वयनका लागि एयरमार्क प्रणालीद्वारा पठाइनेछ।

(७) प्राधिकरणको नाममा एयरमार्क गरिएको परिपक्व भएको मुद्दति निक्षेप फुकुवा गर्नका लागि बीमकले अनब्लक रिक्वेस्ट गर्नुपर्नेछ।

(८) मुद्दति निक्षेप परिपक्व हुनुभन्दा ७ कार्यदिनअघि बीमकद्वारा एयरमार्क प्रणालीमा अनब्लक रिक्वेष्ट गर्न पाइनेछ।

(९) अनब्लक रिक्वेस्ट गर्दा बीमकले निवेदनपत्रका साथै सम्बन्धित मुद्दति निक्षेपको रसिद समेत संलग्न गर्नुपर्नेछ।

(१०) परिपक्व भएको मुद्दति निक्षेप अनब्लक गरी फुकुवा गर्नका लागि विभिन्न मितिमा परिपक्व हुने मुद्दति निक्षेपका लागि अलग अलग निवेदन पेश गर्नुपर्नेछ। तर, एउटै मितिमा परिपक्व हुने मुद्दति निक्षेपहरुका लागि एउटै निवेदन पेस गर्न सकिनेछ।

बैंक तथा वित्तीय संस्थाहरुका लागि एयरमार्कसम्बन्धी प्रक्रिया

(१) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले बीमकहरुद्वारा पेस गरिएका र प्राधिकरणद्वारा विधिवत रुपमा प्रमाणित गरिएका मुद्दति निक्षेपहरु ब्लक तथा अनब्लक कार्यान्वयन गर्नका लागि एयरमार्क प्रणालीको प्रयोग गर्नुपर्नेछ।

(२) बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कोर बैंकिङ प्रणालीमा बीमकहरुद्वारा मुद्दति निक्षेपमा गरिएका लगानी नेपाल बीमा प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्नेछ।

(३) प्राधिकरणद्वारा ब्लक रिक्वेस्टको स्वीकृति ई–मेलमार्फत प्रमाणीकरण भएपश्चात एयरमार्क प्रणालीमा यथाशीघ्र मुद्दति निक्षेप एयरमार्क गर्नुपर्नेछ।

(४) प्राधिकरणद्वारा अनब्लक रिक्वेस्टको स्वीकृति ई–मेलमार्फत प्रमाणीकरण भएपश्चात मात्र उक्त मुद्दति निक्षेप फुकुवा गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS