IME Life New

जेठबाट लागू हुँदै घटेको ब्रोकर कमिसन, अब कतिसम्मको कारोबारमा कति तिर्नुपर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन आउँदो जेठ १ गतेबाट कार्यान्वयनमा आउने भएको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले घटाइएको ब्रोकर कमिसन आउँदो जेठ १ गतेबाट कार्यान्वयन गर्ने निर्णय गरेको हो।

धितोपत्र बोर्डको गत वर्ष कात्तिक १ गतेको ब्रोकर कमिसन घटाउने निर्णयमा ७ महिनापछि अर्थ मन्त्रालयमा स्वीकृति दिएको थियो। अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै पठाएको ब्रोकर कमिसन घटाउने निर्णयसहितको प्रस्तावलाई स्वीकृति दिएका थिए।

Esewa
Crest

धितोपत्र बोर्डको सञ्चालक समितिमा सदस्य सुरकृष्ण बैद्यले जेठबाट घटेको ब्रोकर कमिसन कार्यान्वयन गर्ने निर्णय भएको बताए। ‘अब धितोपत्र बोर्डको व्यवस्थापकीय टिमले घटाइएको कमिसन कार्यान्वयन गर्न ब्रोकरहरुलाई पत्राचार गर्नेछन्’, उनले भने।

हाल ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका छन्। अब यो निर्णय कार्यान्वयनमा आएसँगै लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्नेछ।

यसैगरी धितोपत्र बोर्डको आइतबार बसेको बैठकले कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई फेरि धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको छ। यद्यपि, उनलाई नीतिगत निर्णय लिने अधिकार भने दिइएको छ। अधिकारीले धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकको अध्यक्षता पनि गर्न पाउनेछन्। अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने रितेशकुमार शाक्यले बैठकले अध्यक्षता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS