IME Life New

नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आह्वान, के–के छन् मुख्य अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (वैशाख २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्तापुँजी वृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँबराबरको कायम हुने हुँदा सोहीअनुसार प्रबन्धपत्रको दफा ६ (२) र ६ (३) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आ.व. २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकमा टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड अकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । सभाले समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्नेछ।

नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एकजना सञ्चालकको सभाले निर्वाचन गर्नेछ। कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्चलाई पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी सभाले प्रदान गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कम्पनीको लाभांश पाउन र सभामा भाग लिन जेठ ६ गतेभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS