Connect IPS
IME Life

रुरु जलविद्युतको बढ्यो नाफा, ईपीएस कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत परियोजना चालु आर्थिक वर्ष २०७०।८१को तेस्रो त्रैमासिक (साउन–चैत)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २.६६ प्रतिशतले बढेको छ।

Prabhu
Crest

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ११ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ११ करोड ७२ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ १२.९७ प्रतिशतले बढेर १७ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ करोड ७६ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.५४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १८.०६ रुपैयाँ थियो। पीई रेसियो ४१.५९ गुणा रहेको कम्पनीको १३६.०९ रुपैयाँ रहेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS