काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव २१ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।