IME Life New

एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग ब्यापार संघको कार्यभार सम्हाल्दैः अध्यक्षमा राठी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ) को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन आज अर्थात बैशाख २४ गते सफलतापूर्वक सम्पन्न भएको छ । संघको विधान नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।

उक्त निर्वाचनबाट वाणिज्य क्षेत्र तर्फ अनिल कुमार साह, संजय कुमार श्रेष्ठ, शुशिल सुराना, विवेक अग्रवाल, मनिष कुमार मारु, अनिल सारडा, राजेश कुमार अग्रवाल र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् भने उद्योग क्षेत्र तर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, बिकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।

Esewa
Crest

त्यसका साथै, आजै सम्पन्न संघको नवगठित ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको छ । संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदीलाई चयन भएका छन् ।

साथै, बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा। दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ ।

अध्यक्षमा अनुपम राठी निर्वाचित भएसँगै ए के राठी समुहले विगत तीन पुस्तादेखि मोरङ उद्योग ब्यापार संघलाई नेतृत्व गर्दै आईरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS