IME Life New

राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि जेठ २३ गते कार्यक्रम हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले आगामी २०८१ जेष्ठ २३ गते विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक वृहत कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम काठमाडौको हायात रिजेन्सीमा हुने जनाएको छ ।

व्यवसायीक क्षेत्रलाई विपदको पूर्व तयारी, दीगो रूपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । समुदायलाई उत्थानशिल बनाउनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ ।

Esewa
Crest

त्यसैले यस कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रमा जागरुक र थप क्रियाशिल बनाउन टेवा पुग्नेछ भन्ने एनबीआईले विश्वास लिएको छ । सहभागीहरुलाई विपद व्यवस्थापनमा थप सजग बनाई मुलुक भित्र र विभिन्न मुलुकमा यस सम्वन्धी गरिदै आएका सफल प्रयास, चुनौती र सिकाई आदान प्रदान गर्नका लागि उक्त कार्यक्रम साझा मञ्चको रुपमा स्थापित हुनेमा एनबीआई आशावादी छ।

कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्रका दुईवटा प्यानल छलफलमा उत्थानशिल अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाका बारेमा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा उद्योग मन्त्रालय एवं सम्वन्धित निकायको सहभागिता रहने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी तथा विज्ञबाट आफ्ना सुझाव तथा सफलताको अनुभवको आदानप्रदान गरिनेछ ।

दोस्रो सत्रमा सम्मान कार्यक्रम रहने छ । कार्यक्रममा विपद् जोखिम न्यूनिकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनिय र प्रशंसायोग्य योगदान पुर्याएका ८ व्यवसायलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानका लागि एनबीआईमा विज्ञ सम्मिलित गठन भएको निर्णायक समितिले उक्त व्यवसायहरु छनौट गर्नेछ । सम्पूर्ण देशभरिका उद्योग व्यवसायलाई सहभागीताका लागि एनबीआईले पहल गरिरहेको र यसका लागि अविलम्व मनोनयन फारम उपलब्ध गराइनेछ ।

कार्यक्रममा विपद् पूर्व तयारी तथा व्यवस्थापन उत्थानशिलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा ईच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधिहरु, निजी क्षेत्रका संघ सस्था एवं उद्यमी व्यवसायी, गैर–सरकारी निकाय तथा सञ्चार क्षेत्रका करीब ३०० जनाको सहभागिता रहनेछ ।

एनबीआई सन् २००५ बाट जिम्मेवार व्यवसाय प्रवर्द्धनमा कार्यरत निजी क्षेत्रको साझा अग्रणी संस्था हो। हाल व्यवसायिक वातावरण विकास, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, संस्थापक सामाजिक उत्तरदायित्त्व प्रवर्द्धन तथा आधुनिक दासत्व निवारणका क्षेत्रमा क्रियाशिल रहँदै छ। एनबीआईले विपद जोखीम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी तथा अन्तराष्ट्रिय निकायसंगको सहकार्यमा उपलब्धीमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

नेपाल जस्तो विपद्का दृष्टिबाट जोखिमयुक्त क्षेत्र भएकोले व्यवसायिक क्षेत्रमा सिर्जना हुने विपद्लाई व्यवसायिक रणनिति र सञ्चालन प्रक्रियाको अभिन्न अंगको रुपमा ग्रहण गर्न सकेमात्र दीगो व्यवसाय सम्भव हुने र यसबाट समाज र मुलुकले लाभ लिन सक्ने हुंदा यस कार्यक्रमबाट हुने छलफल तथा निष्कर्षले समग्र निजी क्षेत्रको विकाशमा महत्वपूर्ण योगदान पुग्ने विश्वास एनबीआईले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS