IME Life New

यी १० कम्पनीको शेयर यो साता सर्वाधिक खरिद, लगानीकर्ताले कति उठाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता उकालो लागेको छ। यो साता नेप्से परिसूचक ३३.०३ अंकले बढेको हो। अघिल्लो साता बिहीबार १९६५.९३ को विन्दुमा बन्द भएको नेप्से यो साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको छ।

नेप्से बढ्दा यो साता कुल बजार पुँजीकरण बढेर ३१ खर्ब ६९ अर्ब ६० ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता कुल बजार पुँजीकरण ३१ खर्ब ११ अर्ब २२ करोड ६२ लाख रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताहरुको सम्पत्ति ५२ अर्ब ३८ करोड ८० लाख रुपैयाँले बढेको छ।

Esewa
Crest

यो साता लगानीकर्ताले शेयर बजार फाइनान्स कम्पनीहरुको शेयर सर्वाधिक किनेका छन्। यो साता सर्वाधिक किनिएका १० कम्पनीमा ७ वटा फाइनान्स कम्पनी छन् भने बाँकी ३ वटा अरु कम्पनी छन्। लगानीकर्ताले यो साता पोखरा फाइनान्सको शेयर सर्वाधिक उठाएका छन्। यो कम्पनीको ४ लाख ३९ हजार २८४ कित्ता शेयर २९ करोड ९३ लाख ५५ हजार रुपैयाँमा खरिद भएको छ।

यसैगरी दोस्रो सर्वाधिक उठाइएको शेयरमा गोर्खाज फाइनान्सको रहेको छ। लगानीकर्ताले यो कम्पनीको २ लाख ५२ हजार १६५ कित्ता शेयर १८ करोड ४३ लाख २८ रुपैयाँ बढीमा खरिद गरेका छन्।

तेस्रोमा आइएमई लाइफ रहेको छ। यो कम्पनीको २ लाख ८२ हजार ९३९ कित्ता शेयर १६ करोड २६ लाख ८७ हजार रुपैयाँ बढीमा खरिद भएको छ।

यस्ता छन् ७ सर्वाधिक खरिद भएका कम्पनी

  • पिपुल्स पावरः १५ करोड ९१ लाख ४१ हजार रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १४ करोड ८५ लाख ८५ हजार रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ८३ लाख ५६ हजार रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १० करोड २७ लाख ५७ हजार रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ९ करोड ३५ लाख ३४ हजार रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड १४ लाख ७१ हजार रुपैयाँ
  • रिलायन्स फाइनान्सः ९ करोड ९ लाख २५ हजार रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS