IME Life New

यो साता यी १० कम्पनीका शेयरधनी भए मालामाल, कसले कति दिए रिटर्न ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता उकालो लागेको छ। यो साता नेप्से परिसूचक ३३.०३ अंकले बढेको हो। अघिल्लो साता बिहीबार १९६५.९३ को विन्दुमा बन्द भएको नेप्से यो साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको छ।

नेप्से बढ्दा यो साता कुल बजार पुँजीकरण बढेर ३१ खर्ब ६९ अर्ब ६० ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता कुल बजार पुँजीकरण ३१ खर्ब ११ अर्ब २२ करोड ६२ लाख रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताहरुको सम्पत्ति ५२ अर्ब ३८ करोड ८० लाख रुपैयाँले बढेको छ।

Crest

यो साता शेयरधनीहरुलाई मालामाल बनाउने शीर्ष १० कम्पनीमा ७ वटा लघुवित्त र ३ वटा फाइनान्स कम्पनी रहेका छन्।

यो साता शेयरधनीहरुलाई सर्वाधिक रिटर्न दिनेमा इन्फिटी लघुवित्त रहेको छ। यो लघुवित्तको शेयरभाउ एक सातामै २८.५१ प्रतिशतले बढेर १ हजार १८६.९० रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार यो लघुवित्तको शेयरभाउ ९२३ रुपैयाँ रहेको थियो।

यसैगरी दोस्रो सर्वाधिक रिटर्न दिनेमा नेपाल फाइनान्स रहेको छ। यो कम्पनीले शेयरधनीहरुलाई २१.२७ प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार ४६३ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको शेयरभाउ यो साता बिहीबार ५६१.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

तेस्रो धेरै रिटर्न दिनेमा पोखरा फाइनान्स रहेको छ। यस कम्पनीको शेयरभाउ यो साता २०.२३ प्रतिशतले बढेको छ। अघिल्लो साता बिहीबार ६१० रुपैयाँमा अन्तिम कारोबार भएकोमा यो साता बिहीबार पोखरा फाइनान्सको ७३४ रुपैयाँ अन्तिम कारोबार भएको छ।

त्यस्तै यो साता जानकी फाइनान्स, आरएसडीसी लघुवित्त, नाडेप लघुवित्त, साधना लघुवित्त र हिमालयन लघुवित्तले लगानीकर्ताहरुलाई राम्रै रिटर्न दिएको छ। यी कम्पनीको शेयरभाउ क्रमशः १९.७८ प्रतिशत, १६.६९ प्रतिशत, १४.९३ प्रतिशत, साधना लघुवित्तः १४.७१ प्रतिशत र १४.५८ प्रतिशतले बढेका छन्।

उता मेरो माइक्रोफाइनान्सको शेयरभाउ १३.९८ प्रतिशत र आशा लघुवित्तको १३.१२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS