Connect IPS
IME Life

बीमकका लागि तोकियो सीएसआरसम्बन्धी ८ व्यवस्था, के गर्न पाइन्छ/पाइँदैन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी ८ व्यवस्था निर्धारण गरेको छ। जसमा बीमकहरुले सीएसआरअन्तर्गत के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने कुरा स्पष्ट व्यवस्था गरिएको छ।

बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिक, २०८० जारी गर्दै सीएसआरसम्बन्धी व्यवस्थाहरु निर्धारण गरेको हो।बीमकले सीएसआरसम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको १ प्रतिशत रकम छुट्याई सीएसआर कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

Prabhu
Crest

सीएसआर कोषमा जम्मा भएको रकम वार्षिक योजना तथा कार्यक्रम बनाई प्राधिकरणले तोकेको क्षेत्रहरुमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ।

यस्ता छन् क्षेत्र

  • सामाजिक परियोजनाहरुमा हुने खर्चः शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा सीमान्तकृत वर्गको बीमासम्बन्धी कार्यक्रम आदिमा गरिने खर्च।
  • प्रत्यक्ष अनुदान खर्चः अति विपन्न तथा सीमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च।
  • गरिबी न्यूनीकरणः नेपाल सरकारको गरिबी न्यूनीकरणसम्बन्धी रणनीतिअन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्दा हुने खर्च।
  • आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुका बालबालिकाका लागि चाइल्ड केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च।

बीमकले आफ्नो ब्रान्ड प्रवर्द्ध गर्दा हुने खर्च सीएसआर कोषबाट व्यहोर्न पाउने छैन। तर, संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यका रुपमा उल्लेख गर्न भने बाधा नपुग्ने व्यवस्था प्राधिकरणले गरेको छ।

यसैगरी बीमकले सीएसआरसम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

बीमकले सीएसआरसम्बन्धी कार्यमा खर्च गर्दा सञ्चालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन।

सञ्चालक समितिले सीएसआरका लागि यस व्यवस्थाअनुसार खर्च गर्ने क्षेत्र पहिचान गर्न, सो क्षेत्रमा खर्चका लागि प्राप्त हुने प्रस्ताव मूल्यांकन गर्ने प्रक्रिया, सीएसआर कोषको सञ्चालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुट्टै कार्यविधि बनाई लागू गर्नुपर्नेछ।

यस्तै सीएसआर कोषको व्यवस्था तथा सोबाट भएको खर्चसम्बन्धी जानकारी बीमकले आफ्नो वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीअन्तर्गत खुलाउनुपर्नेछ।

बीमकले सीएसआरअन्तर्गत प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यस्तो कार्यक्रममा भएको खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बीमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS