IME Life New

न्यादी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १५ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९ करोड ७ लाख रुपैयाँ रहेको छ। सञ्चालन मुनाफा थोरै बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी केही घटेर ४३ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ४९ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीको अन्य इक्विटी ३४ करोड ६५ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.४४ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीको ईपीएस ११.३८ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६७.०५ रुपैयाँ झरेको छ। अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ ७६.९० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS