IME Life New

आजसम्म कायम शेयरधनीले सीईडीबी हाइड्रोपावरको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज वैशाख १८ गते अन्तिम मौका रहेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १९ गतेदेखि वैशाख ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख १८ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले आफ्नो वार्षिक साधारणसभा वैशाख ३१ गते ललितपुरको हरिसिद्धिस्थित नेवा ब्याम्बो कटेजमा बिहान ८ बजेबाट डाकेको छ। सभाले आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ भने सर्वसाधारणका तर्फबाट सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ भने आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS