IME Life New

नेपाल रिको ११ लाख कित्ता शेयर बेच्दै विशाल ग्रुप, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को ११ लाख कित्ता आज वैशाख १८ गतेबाट शेयर बिक्रीमा राखिएको छ। विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ११ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

इच्छुक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण ११ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले वैशाख २६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS