IME Life New

आइएमई लाइफ इन्स्योरेन्सका ६५ जना अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सद्वरा कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९/८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रको आयोजना गरी भव्यताको साथ सम्मान गरेको हो । साथै उक्त कार्यक्रममा उपस्थित करिव ५०० जना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयलले उद्घाटन गरेको सो कार्यक्रममा चिफ मार्केटिङ अफिसर गणेश चौलागाई ,तालिम विभाग प्रमुख सुनिल आचार्य , प्रदेश उप प्रमुख ओम प्रकाश राई ले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

बीमा जगतमा नै पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धी गर्न र विभिन्न वित्तीय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा अगाडी बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयालले बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेसाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउँदै पेसागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए।

उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए।

कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्रमुख मिलन दाहालले गरेका थिए भने संचालन तेह्रथुम शाखा प्रमुख अडिल राईले गरेका थिए । कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको प्रदेश कोअर्डिनेटर गान्धी तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS