काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ५९ वटाको घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज २ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- पोखरा फाइनान्सः १३ करोड ५ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः १० करोड ९९ लाख रुपैयाँ
- पिपुल्स पावरः ९ करोड ८५ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ८ करोड ५८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ६ करोड ७३ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः ६ करोड ४४ लाख रुपैयाँ
- प्रोग्रेसिभ फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ५ करोड ७५ लाख रुपैयाँ
- आइएमई लाइफः ५ करोड ७३ लाख रुपैयाँ
- बेस्ट फाइनानसः ४ करोड ९७ लाख रुपैयाँ