IME Life New

फुडमान्डुले चितवनमा पनि विस्तार गर्यो सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदैँ अब चितवनमा पनि विस्तार भएको हो ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने “हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजनामा छौँ । काठमाडौं, पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।”

Esewa
Crest

स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौँ र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको छ । चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डुसँग अहिले १,००० भन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् ।

चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा FOODSAFARI कोड प्रयोग गर्दा ३०% (५०० रूपैयाँसम्म) छुट पाउने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS