IME Life New

पाँच महिनादेखि इजरायलमा फँसेको निगमको जहाज अन्ततः स्वदेश फर्किंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच महिनादेखि इजरायलमा हराइ रहेको नेपाल वायूसेवा निगमको विमान ‘९एन–एकेएक्स’ लुम्बिनी अन्तत स्वदेश फर्किंदैछ। मर्मत संभारका लागि गत पुस २६ गते इजरायल पठाइएको जहाजको मर्मतमा रहस्यमय ढंगबाट ढिलाई भएको हो ।

नेपाल वायू सेवा निगमका अनुसार एयरबस ए ३२० विमान मर्मतपछि फिर्ता ल्याउनका लागि पुगेका नेपाली चालक दलले विमानको पार्किङ ब्रेकमा समस्या फेला पारेपछि थप दुइ दिन ढिला गरी विमानले नेपालका लागि उडान भरेको हो । इजरायलको तेल हबिब विमानस्थलबाट उडान भरेको जहाजले दुबईबाट व्यवसायीक उडान भर्दै स्वदेश आइपुग्नेछ।

Esewa
Crest

निगमका अनुसार वैशाख २३ गते नै विमान स्वदेश ल्याइने कार्यक्रम थियो । पाइलटले उडान भर्नु अघि धावनमार्गमा विमान चलाउने क्रममा पर्किङ ब्रेकमा समस्या फेला पारेपछि पुनः मर्मत गर्न लगाएका थिए ।

निमगले एयर बसको मर्मत संभार कार्य इजरायलको एयरोस्पेस इन्डस्ट्रिज (आईएआई) ले गर्दै आएको छ। इन्जिनमा समस्या आएपछि यो विमानलाइ मंसिर १५ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्काइएको थियो। एक महिनाभन्दा ढिलो गरी पुस २६ गते मात्र यो जहाजको इन्जिन मर्मतका लागि इजरायलतर्फ पठाइएको थियो । जहाजको इन्जिन मर्मतका लागि इजरायलमा पठाइए पनि जहाजको एउटा इन्जिन अझैसम्म मर्मत हुन सकेको छैन । निगमले दुइ इन्जिनमध्ये एउटा भाडामा लिएको इन्जिनकै प्रयोग गरेर पुनः जहाज उडाएको छ।

पाँच महिनासम्म जहाजले व्यवसायीक उडान भर्न नपाउँदा निगमलाइ झण्डै २ अर्ब रूपैयाँ नोक्सानी भएको छ। यसबाहेक यसको बजार हिस्सा पनि यस अवधिमा २५ प्रतिशतबाट घटेर १२ प्रतिशतमा सीमित हुन पुगेको छ। नेपाल एयर लाइन्सको उडान नहुँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स र विदेशी हवाइ सेवा कम्पनीहरूले व्यवसायीक लाभ लिने अवसर पाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS