IME Life New

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर, ऊर्जा मन्त्रीले गरे शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन्।

जापानिज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो। यसमा कोमात्सुको १४७ हर्सपावर क्षमताको आफ्नै इन्जिन रहेको छ। कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन्।

Esewa
Crest

यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ। यसको अघिल्लो संस्करणभन्दा यो संस्करणको मुल्य १० लाख रुपैयाँ कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीका प्रबन्धक प्रदीप बरालले जानकारी दिए।

हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै ३ वटा बुकिङ भइसकेको पनि बरालले जानकारी दिए।

यसमा कोमट्रयाक्स जडान गरिएको हुन्छ। यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिंकअप गरेर घरमै बसी बसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ। यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ।

यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS