IME Life New

सेबोनको बोर्ड बैठक किन भयो स्थगित ? घटेको ब्रोकर कमिसन कहिलेबाट लागू होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिको बैठकले बिहीबार साँझ बस्ने भनिएको थियो। तर, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव रितेशकुमार शाक्य नआउन नभ्याउने भएपछि सेबोनको बोर्ड बैठक स्थगित भयो।

सञ्चालक समितिका सदस्य एवं उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार साँझका लागि बैठक डाकिए पनि शाक्य आउन नभ्याउने भएपछि स्थगित भएको बताए। ‘उहाँ बजेट निर्माणमा व्यस्त हुनुहुन्छ’, उनले भने, ‘त्यसैले आउन सक्नुभएन अनि बैठक स्थगित भयो।’

Esewa
Crest

सम्भवतः सेबोनको बोर्ड बैठक अब लगानी सम्मेलनपछि मात्रै हुने वैद्यले बताए। ‘अर्थ मन्त्रालयबाट ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय स्वीकृत भएर अएको छ, सोही अजेन्डामा छलफल हुने भनिएको थियो तर बैठक नै स्थगित भयो’, उनले भने, ‘अब बस्ने बैठकबाट धितोपत्र बोर्डको उक्त निर्णय कार्यान्वयनको मिति तय होला।’

गत बुधबार अर्थ मन्त्रालयले सेबोनले ७ महिनाअघि गरेको ब्रोकर कमिसन घटाउने निर्णयलाई स्वीकृत दिएको थियो। अर्थ मन्त्रालयको स्वीकृति पाएपछि ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनका लागि बिहीबार बस्ने भनिएको सञ्चालक समितिको बैठक पेस गर्ने भनिएको थियो। अब बैठक नै स्थगित भएपछि घटेको ब्रोकर कमिसन कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ।

हाल ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका छन्। धितोपत्र बोर्डले घटाएर ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन लिन पाउने निर्णय गरेको छ। अब यो नयाँ दररेट कार्यान्वयनमा आउने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS