IME Life New

वाइवाइमा अखाद्य तेल प्रयोग गरेको भन्दै चौधरी ग्रुपलाई बालेनले गरे जरिवाना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  वाइवाइ ब्राण्डको चाउचाउमा अखाद्य तेल प्रयोग गरिएको भन्दै काठमाडौं महानगरले चौधरी ग्रुपलाई जरिवाना गरेको छ। महानगरपालिकाको कार्यालयले बजार अनुगमनकाे क्रममा बरामद गरिएको चाउ चाउको नमूनामा अखाद्य तेल प्रयोग गरिएको प्रयोगशाला प्रतिवेदनका आधारमा दुई लाख रूपैयाँ जरिवाना गरेको हो ।

महानगरको कृषि तथा पशुपंक्षी विभागका अनुसार बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसूर प्रमाणित भएकाले दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।सात दिनभित्र जरिवाना बुझाउनका लागि महानगरपालिकाले चाैधरी ग्रुपलाई निर्देशन दिएको छ।

Crest

विभागका अनुसार महानगरपालिकाको वडा नम्बर ६, सरस्वती नगरस्थित एसके किराना पसलबाट बैशाख २ गते बजार अनुगमन टोलीले चाउचाउ जफत गरेको थियो । जफत गरिएको मध्ये प्रयोगशालामा पठाइएको नमूना परिक्षणका क्रममा चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil फेला परेको थियो । खान योग्य हुनका लागि यस्तो भ्यालु २ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशनले फ्राइड नुडल्समा अधिकत्तम एसिड भ्यालु २ mg KOH/g Oil तोकेको छ। यो भन्दा बढी एसिड भ्यालु भएको अवस्थामा स्वास्थ्यका दृष्टीकोणले त्यस्तो चाउचाउ खान योग्य हुँदैन ।

 

महानगरका अनुसार २०८० चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नम्बर AL/YL23  को चाउचाउ सहितको कार्टुन जफत गरिएकोमा १५० ग्राम चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने उल्लेख गर्दै प्रारम्भिक प्रतिवेदन दिएका थिए ।

खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

6%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS