IME Life New

आर्थिक मन्दीमा कसरी बीमितलाई उपयुक्त वित्तीय सल्लाह दिन सकिन्छ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले बीमाशुल्क आम्दानीको निरन्तर प्रवाहको आधारमा आम्दानी गर्छन् । बीमा अभिकर्ताहरू कमिशनमा निर्भर बीमा कम्पनीका लागि कार्यरत जनशक्ति हुन् । यी बीमा अभिकर्ताले बीमा कम्पनीले संकलन गरेको बीमाशुल्कमा आफ्नो योगदानवापत निश्चित प्रतिशत कमिशन पारिश्रमिकका रूपमा आम्दानी गर्छन् ।

आर्थिक  मन्दीको समयमा, जीवन बीमा कम्पनीको बीमाशुल्क आम्दानी वृद्धि दरमा गिरावट आउँछ । वृद्धि दरमा गिरावटसँगै एउटा बिन्दुमा पुगेर बीमाशुल्क आम्दानी विगतको भन्दा घट्न थाल्छ । किनभने आम उपभोक्ताले जीवन बीमालेख नविकरण गर्ने वा नयाँ बीमालेख खरिद गर्ने कामलाई थाती राख्न थाल्छन् । यसैगरी घर, गाडी, व्यापारिक मालसामान, गोदाम लगायतको अत्यावश्यक बाहेकको बीमामा पनि उपभोक्ताले रूची देखाउँदैनन् । लामो समयसम्मका लागि लगानी गर्नुपर्ने भएकाले आर्थिक मन्दीको समयमा  धेरै उपभोक्ताले जीवन बीमालाई आवश्यक ठान्दैनन्। यसको प्रत्यक्ष असर बीमा कम्पनीको व्यापारमा पर्न जान्छ । बीमाशुल्क आम्दानी २० देखि २५ प्रतिशतसम्मका दरले वृद्धि नभएको अवस्थामा जीवन बीमा कम्पनीहरूलाई अपेक्षित व्यापारिक लक्ष्य हासिल गर्न र सञ्चालन खर्च धान्न चुनाैती हुन जान्छ । यस्तो अवस्थामा बीमितलाइ प्राेत्साहित गर्न सकिने उपायहरूः

Crest

१. सबै बीमितलाई निःशुल्क वित्तीय विश्लेषण सेवा प्रदान गर्नुहोस्। बीमितका लागि यो अतिरिक्त सेवा प्रदान गर्न समय निकालेकाेमा बीमकको प्रशंसा हुने मात्र हुँदैन, तपाईंले बीमितलाई नगद प्रवाह सुनिश्चित गर्ने रणनीतिहरू पत्ता लगाउन मद्दत गर्न सक्नुहुन्छ। यसमा क्रेडिट कार्ड सेवा  लिने, व्यतित जीवन बीमालेख वा बीमाशुल्क तिर्न नसकिने अवस्थामा रहेका बीमालेखलाई चुक्ता मूल्यमा परिणत गर्ने सुझाव दिन सक्नुहुन्छ। यसबाहेक बीमालेखको धितोमा कर्जा सुविधा उपभोग गर्न सकिने विकल्पको बारेमा पनि तपाइले बीमितलाई सुझाव दिन सक्नुहुन्छ।

२. खराब अर्थव्यवस्थामा सर्वसाधारणलाई आश्वस्त पार्न सक्ने बीमालेखहरू कुन हुन सक्छन्, विशेषता, जोखिम बहन र प्रतिफल दिने शर्त समेतको पृष्ठभूमीमा समिक्षा गर्नुहोस्। दीर्घकालीन हेरचाह वा असक्षमताको अवस्थामा वृद्धावस्थाका मानिसहरू अक्सर आम्दानीको बारेमा बढी चिन्तित हुन सक्छन्। तपाईका बीमितहरू के बारे चिन्तित छन् पत्ता लगाउनुहोस् र उनीहरूको आवश्यकतासँग मेल खाने बीमालेख पस्केर समाधान सुझाउनुहोस्।

३. केही यस्ता बीमालेखहरू हेर्नुहोस् जसले सीमित लगानीमै बीमितलाई पर्याप्त सुरक्षा र प्रतिफल दुबै दिन सकोस् । आजीवन बीमालेखले बीमा अवधि पुरा हुनु वा पुरा भएपछिकाे मृत्यु लाभ दिने मात्र नभएर बीमा अवधि पुरा भएपछि परिपक्व लाभ समेत दिन्छ। सावधिक प्रकृतिको बीमालेखलाई भविष्यमा पेन्सन बीमामा परिणत गर्न सकिने सुविधा छ भने त्यसबारे बीमितलाई अवगत गराउनुहोस् । आम्दानीका श्रोतहरू खुम्चिएको अवस्थामा रहेका बीमितलाई एकदमै थोरै रकममा ठूलो जोखिम बहन गरिदिने  म्यादी बीमालेखको बारेमा सुझाउनुहोस् ।

४.बीमितको लागि बीमाशुल्क दर कटाैती गर्न सकिने कुनै उपायहरू छन् भन त्यस्तो उपायहरू खोज्नुहोस्। बीमाशुल्क घटाउँदा अभिकर्ताको कमिशन र बीमकको मार्जिन अन्तर दर घट्न सक्छ। तर यसले बीमितलाई तपाईंप्रति वफादार रहन र तपाईंको कम्पनीमा बीमा गर्न परिवारका सदस्य र साथी माझ सिफारिश गर्ने कारण पनि दिन्छ।

५. मन्दीसँग सम्बन्धित वित्तीय समस्यालाई सम्बोधन गर्ने संस्थासँगको सहकार्यमा निःशुल्क बीमा र वित्तीय कार्यशाला, सभा सम्मेलनको आयोजना गर्नुहोस्। तपाईको बीमितका लागि थप मूल्य सिर्जना गर्न धितो अधिकारीहरू, वित्तीय योजनाकार र कर सल्लाहकारसँग साझेदारी गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS