IME Life New

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज वैशाख १३ गतेबाट व्यावसायिक कारोबार सञ्चालनमा आएको छ। धितोपत्र दलालको रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिजकोे कुल चुक्ता पुँजी ६० करोड रहेका छ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० भदौ ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज २०८० माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो।

Esewa
Crest

ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार तथा अन्य पुँजी बजारसम्बन्धी सेवाहरु प्रदान गर्नेछ।

वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्घिक व्यक्तित्वहरुको संचालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाका लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ।

कम्पनीले हाल सीटीसी मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको् छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS