काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ।
आज बजार घट्दा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा पोखरा फाइनान्स रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- पोखरा फाइनान्सः ११ करोड २६ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः ९ करोड ४० लाख रुपैयाँ
- पिपुल्स पावरः ८ करोड ५९ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ८ करोड ६ लाख रुपैयाँ
- आइएमई लाइफः ७ करोड ५९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६ करोड ११ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः ५ करोड ८४ लाख रुपैयाँ
- श्री इन्भेस्टमेन्टः ४ करोड ६८ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः ४ करोड ४७ लाख रुपैयाँ