IME Life New

युवा लक्षित निःशुल्क सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवा लक्षित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०।८१ मा कार्यान्वयनमा ल्याएको १० वटा गौरवको योजनामध्येको ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ एक महत्वपूर्ण योजना हो। सोही योजनाअन्तर्गत महानगरले सीपमूलक तालिम सञ्चालन गर्न लागिको हो।

वैशाख महिनाको १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को दिनदेखि युवा लक्षित विभिन्न किसिमका छोटो अवधिका (१ हप्तादेखि १ महिना सम्मका) सीपमूलक व्यावसायिक तालिमहरु निःशुल्क रुपमा प्रदान गरी युवाहरुलाई व्यवसायिक सीपको महत्वबारे चेतना जगाउने, आयमूलक कार्यक्रमहरुमा युवाको चासो र सहभागिता बढाउने, युवाशक्तिलाई रोजगारमूलक र उद्यमशील बनाउन सरल र सहज रुपमा व्यवासायिक सीपमा पहुँच पुर्याउने उद्देश्यले टुँडीखेलमा तालिम सुरु गर्न लागिएको महानगरले जनाएको छ।

Esewa
Crest

तालिममा काठमाडौं महानगरपालिकाका १ देखि ३२ वटै वडा क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखिएको आज जारी सूचनामा उल्लेख छ। यो निःशुल्क सीपमूलक तालिममा बढीभन्दा बढी युवाको सहभागिता गराई पौरखी हातहरुको सीप बढाउने कार्यमा साथ दिन महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS