IME Life New

महानगरको सक्रियतामा ठूला आयोजना निर्माण सम्भव भएको होः मेयर दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठूला विकास निमाणका आयोजना अघि बढेको बताएकी छन्।

नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर–१२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुला रक्तदान कार्यक्रममा मेयर दाहालले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठूला आयोजना निर्माण सम्भव भएको दाबी गरेकी हुन्। पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको उनको भनाइ थियो।

Esewa
Crest

‘नारायणगढ–बुटवल सडकखण्ड शिलान्यास भइसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन’, दाहालले भनिन्, ‘संघीय बजेट भए पनि महानगरले नेतृत्व लिएको छ। विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ।’

रंगशाला अलपत्र बनेकोमा अथक मेहनतपछि अहिले टेन्डरको काम अघि बढेको मेयर दाहालले सुनाइन्। ‘भ्रमण वर्ष आयोजना गरी देशमै ठूलो सन्देश प्रवाह गर्न सफल भयौँ’, उनले भनिन्, ‘काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ। काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।’

भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भइसकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने मेयर दाहालको धारणा थियो।

जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ। सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS