IME Life New

एक रातको बास बस्दा साढे दुई लाख रुपैयाँसम्म पर्ने हिल्टन होटल कस्तो बन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झण्डै आठ वर्षदेखि नक्सालमा निर्माणाधीन शंकर ग्रुपको लगानी रहेको पाँचतारे हिल्टन होटल आगामी असोज महिनाभित्र सञ्चालनमा आउने भएको छ। नक्सालको थिरबम सडकस्थित यो होटलमा श‌ंकर ग्रुपले जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत् लगानी गरेको छ।

असारमा सफ्ट लञ्च गर्ने तयारी रहेको यो होटलका लागि हिल्टन इन्टरनेशनलले १७ साउनपछिको मितिका लागि कोठा बुकिङ खुल्ला गरि सकेको छ। हिल्टन काठमाडौ‌ंमा एक रातको बासवापत २५ हजार रुपैयाँ देखि अधिकत्तम २ लाख २१ हजार ५ सय रुपैयाँसम्म शुल्क लाग्नेछ। डिलक्स रुमको १९० अमेरिकी डलर र किङ्ग प्रेसिडेन्सियल सुइट रुमको १६६२ डलर दर तोकिएको छ।

Esewa
Crest
होटलको १७ औ‌ैं तल्लामा अवस्थित तिब्बती र नेपाली शैली मिश्रित सजावट सहितको बार

यो होटललाई हिल्टन काठमाडौं नामबाट सञ्चालनमा ल्याउन हिल्टन होटल्स एण्ड रिसोर्ट र जगदम्बा हस्पिटालिटीबीच सम्झौता भई सकेको छ। यसअघि गत माघ महिनामै होटल सञ्चालनमा ल्याउने भनिए पनि आन्तरिक सजावटको काम पुरा नभएकाले होटल सञ्चालनको म्याद सरेको हो ।

डिलक्स कोठा

यो होटल नक्सालस्थित नक्साल भगवती मन्दिरको पश्चिमतर्फ अवस्थित छ। सुरुमा १३५ कोठा भएको होटेल निर्माण गर्ने भनिएकोमा थप ३९ कोठासहित १७४ पुगेको छ । यो होटल सडक सतहभन्दा तीनतल्ला मुनी छ। होटल निर्माणका क्रममा माटो खन्दा छेउको नक्साल भगवती मन्दिरसँग जोडिएको मुख्य सडक भास्सिनुको साथै आसपासको घर चर्किएका थिए ।

रुफटप बार
लाउन्ज

यो होटलको प्रारम्भिक निर्माण लागत प्रतिकोठा २ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको थियो । पूर्व अनुमानित समय सीमाभन्दा झण्डै चार वर्ष ढिलो गरी होटलको निर्माण कार्य सम्पन्न हुँदा यसको निर्माण लागत दुई पटक बढेर ४ करोड रुपैयाँ पुगेको छ। शुरुवातमा २ करोड ८० लाखबाट ३ करोड ८० लाख र पछिल्लो समयमा ४ करोड रुपैयाँ पुगेको छ। होटलको निर्माणमा ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँभन्दा बढी लगानी हुने परिमार्जित अनुमान छ ।

होटललगायतका ठूला विलासी पूर्वाधार निर्माणमा निर्माण लागतको आधार प्रति कोठा निर्माण लागतको आधारमा गरिन्छ। प्रति कोठा निर्माण लागत भनिए पनि यसमा होटलको पुरै संरचना, पार्किङ, रेष्टुरेण्ट, बार, लबि, लाउन्ज, करिडर, स्वीमिङपुल,स्टोर, आन्तरिक सज्जा समेतको लागत समावेश गरिएको हुन्छ। ठूला होटल पूर्वाधार निर्माणमा ठूलो लगानी हुने भएकाले यसको प्रतिफलबाट नाफा घाटा बराबरीको अवस्थामा आउन कम्तीमा पनि ७ देखि १० वर्षसम्म लाग्न सक्छ।

रेष्टुरेण्ट

होटलको पूँजी संरचनामा ७३ प्रतिशत बैंक ऋण र  बाँकी संस्थापक शेयरधनीको स्वामित्व छ । शेयरधनीमध्ये होटल सञ्चालक समितिका अध्यक्ष साहिल अग्रवालको ९० प्रतिशत शेयर स्वामित्व रहेको छ। यो होटल निर्माणका लागि जगदम्बा हस्पिटालिटीले ५ अर्ब २२ करोड रुपैयाँ बैंक ऋण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

4%
sad

दु :खी

14%
amazed

अचम्मित

13%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS