IME Life New

यो साता यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुन–कुन, कति उठाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्षको पहिलो साता ४ दिनमात्रै शेयर बजार खुलेको छ। बजार चारै दिन घटेको छ। गत बिहीबार २०२५.७० को विन्दुमा बन्द भएको बजार यो साता बिहीबार १९७२.१४ को विन्दुमा बन्द भएको छ। अर्थात्, यो साता शेयर बजार साढे ५३ अंक गुमाएको छ।

यो साता शेयर लगानीकर्ताले ८५ अर्ब रुपैयाँ गुमाएका छन्। गत साता बिहीबार ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको बजार पुँजीकरण यो साता घटेर २१ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ।

Esewa
Crest

घटेको बजारमा केही कम्पनीका शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्। यो साता लगानीकर्ताको पहिलो रोजाइ गोर्खाज फाइनान्स देखिएको छ। गोर्खाज फाइनान्सको मात्रै यो साता २ लाख ५२ हजार ६४४ कित्ता शेयर २१ करोड १ लाख ९६ हजार ५३१ रुपैयाँमा लगानीकर्ताले किनेका छन्।

यसैगरी दोस्रो धेरै खरिद भएको सानिमा माई हाइड्रोपावर रहेको छ। लगानीकर्ताले यो सानिमा माई हाइड्रोपावरको ५ लाख ७६ हजार ५२१ कित्ता शेयर १९ करोड २४ लाख ८३ हजार ५९२ रुपैयाँमा उठाएका छन्।

ङादी ग्रुप पावरको शेयर तेस्रो सर्वाधिक खरिद भएको छ। लगानीकर्ताले ४ लाख ४८ हजार ९८९ कित्ता शेयर १४ करोड ७७ लाख ५० हजार ८६६ रुपैयाँमा उठाएका छन्।

यी हुन् सर्वाधिक खरिद भएका अन्य ७ कम्पनीका शेयर

  • सूर्यज्योति लाइफः २ लाख १३ हजार ६५४ कित्ता (१० करोड ७२ लाख २५ हजार २८५ रुपैयाँ)
  • पोखरा फाइनान्सः १ लाख ७१ हजार ३२४ कित्ता (९ करोड २ लाख १६ हजार ४१३ रुपैयाँ)
  • सीवाईसी नेपाल लघुवित्तः ४७ हजार ९०४ कित्ता (७ करोड ९७ लाख ६६ हजार ६८७ रुपैयाँ)
  • हिमालयन रिइन्स्योरेन्सः १ लाख २० हजार ६९ कित्ता (७ करोड ८६ लाख ४० हजार ६५८ रुपैयाँ)
  • शिवम सिमेन्टः १ लाख २५ हजार ३२६ कित्ता (६ करोड ३८ लाख २८ हजार ३१३ रुपैयाँ)
  • पिपुल्स पावरः १ लाख १ हजार ६३९ कित्ता (६ करोड ३० लाख ३२ हजार ४१७ रुपैयाँ)
  • सर्वोत्तम सिमेन्टः ७५ हजार १७ कित्ता (६ करोड ३ लाख ४८ हजार ९४९ रुपैयाँ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS