काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले घटेर १,९७२ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभनदा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ९४ प्रतिशतका दरले कमाएका हन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।